नेप्लिज युथ नेटवर्कको तेस्रो वार्षिक उत्सव साहाराको घरमा

चितवन, बैशाख २८ – बिभिन्न सामाजिक कार्यमा सकृय फेसबुक समुह नेप्लिज युथ नेटवर्क (एनवाईएन) ले आफ्नो तेस्रो वार्षिक उत्सव साहाराको घरमा मनाएको छ । ‘परिवर्तनका लागि हामी युवाको हातेमालो’ भन्ने नाराको साथ स्थापना भएको एनवाईएनले आफ्नो तेस्रो वार्षिक उत्सव शनिबार साहाराको घरमा आश्रित बालबालिकाहरु सँग मनाएको हो ।
शनिबार साहाराको घरमा आयोजित वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर एनवाईएनले त्यहा आश्रित बालबालिकाहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । एनवाईएनका संस्थापक विनोद पन्तले साहाराको घरकी संचालक कुसुम साहारालाई शैक्षिक तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।
साहाराको घर सन्चालमा निकै समस्या रहेकोले एनवाईएनले तेस्रो वार्षिक उत्सवको अवसर पारेर सहयोग गरेको संस्थापक पन्तले बताए । साहाराको घरकी संचालक कुसुमले संस्था सन्चालनमा निकै समस्या भईरहेकोले यस किसिमका सहयोगले ठुलो राहत मिल्ने बताएकी छिन् । यस्तै एनवाईएनले साहाराको घरमा आश्रित बालबालिकाहरुलाई खाना खुवाउने कार्यक्रम समेत सम्पन्न गरेको छ । साहाराको घरमा चितवन, नवलपरासी, मकवानपुर, तनहूँ, गोरखा र बझाङका गरी १८ जना बालबालिकाहरु आश्रित रहेका छन् ।
तपाइँको प्रतिक्रिया