सन्दीप आइतबार नेपाल फर्किदै

बैशाख २८ – दिल्ली क्यापिटल्सबाट १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका युवा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार नेपाल फर्किने भएका छन् । दोस्रो क्वालिफयारमा दिल्ली चेन्नाईसँग पराजित हुँदै आईपिएलबाट बाहिरिए पछी सन्दीप नेपाल फर्किन लागेका हुन् ।
सन्दीप सम्मिलित दिल्ली दोस्रो क्वालिफयारमा चेन्नाई सँग ६ विकेटले पराजित भएको थियो । लगातार दोस्रो सिजन दिल्लीबाट खेलेका सन्दीपले यस पटक आईपीएलमा ६ खेलमा ८ विकेट लिए । सन्दीप आईतबार दिउँसो २ : ३५ मा त्रिभुवन विमानस्थल आई पुग्ने नेपाली टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रनम शिवाकोटीले जानकारी दिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया