द आर्ट अफ लिभिङ्ग चितवनको आयोजनामा आइतबार रक्तदान कार्यक्रम हुँदै

चितवन, बैशाख २८ – द आर्ट अफ लिभिङ्ग,चितवनको आयोजनामा बैशाख २९ गते आइतबार बृहत खुल्ला रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ । गुरुदेव श्री श्री रविशंकरको ६३ औं जन्मोत्सवको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार रक्तदान कार्यक्रम बिहान ६ः३० देखि सहिदचोक नारायणगढमा हुनेछ ।
यस्तै सोमबार बेलुका बृहत सत्संग कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रम साँझ ५ बजे पछी नारायणी नदी किनारमा हुनेछ ।आयोजकले विभिन्न पेशाकर्मी, विद्यार्थी, दाता एवं सुभेच्छुकलाई सहभागिताको लागि अपिल गरेको छ ।
तपाइँको प्रतिक्रिया