चेन्नाई आइपिएलको फाइनलमा, उपाधी लागि चौथो पटक मुम्बई सँग भिड्ने

बैशाख २८ – चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आईपिएल अन्तर्गत गए राती सम्पन्न दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाईले फाइनलमा स्थान पक्का गरेको हो । चेन्नाईले अब उपाधीको लागि आइतबार मुम्बई इण्डियन्सको सामना गर्नेछ । मुम्बई यस अघी पहिलो क्वालिफायरमा बिजयी हुँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
विशाखापट्नममा दिल्लीले दिएको १४८ रनको मध्यम लक्ष्य चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । ओपनरद्दय फाप डु प्लेसिस र सेन वाट्सनले समान ५० रनको अर्धसतकिय पारी खेले । फाप डु प्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए भने वाट्सनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै समान ५० रन बनाए ।
यस्तै सुरेश रैना ११ रन बनाएर आउट भए । धोनी ९ बलमा ९ रन बनाएर आउट भए । अम्बाती राएडु २० रनमा नटआउट रहे । दिल्लीका ट्रेन्ट बोल्दा, इशान्त शर्मा, अक्षर पटेल र अमित मिश्रले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन बनाएको थियो । उसका लागि ऋषभ पन्तले सर्वाधिक ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस एयरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए ।
अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।चेन्नाइका लागि दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले २-२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।
चेन्नाई र मुम्बईको चौथो पटक आइपिएल फाइनलमा भेट हुने भएको छ । यसअघि यी दुवै टिम सन् २०१०, २०१३ र २०१५ मा पनि यि दुई टिमको भेट भएको थियो जसमा २०१३ र २०१५ मा चेन्नाईलाई पराजित गर्दै मुम्बई आईपीएल च्याम्पियन बनेको थियो ।एजेन्सी
तपाइँको प्रतिक्रिया