अवैध एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

काठमाडौं, बैशाख २७ – एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ परेकी छिन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले एक लाख अमेरिकी डलरसहित वन्दना सोनीलाई पक्राउ गरेको हो ।
विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार भारतीय नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ वाहक उनी नेपाल एयरलाइन्सको उडान नं. आरए२०१ मार्फत भारतको मुम्बई जान लागेकी सोनीलाई शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा उनको साथबाट अवैध एक लाख अमेरिकी डलर भेटिएको हो ।
बरामद डलसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया