‘आमाको माया छात्राबास’ लाई ग्रीनल्याण्डको शौक्षिक तथा खेलकुद सामाग्री सहयोग

चितवन, बैशाख २७ – ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ ले ‘आमाको माया छात्राबास’ लाई शौक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । रेडक्रस दिवसको अवसर पारेर ग्रीनल्याण्डले आमाको माया छात्राबासलाई शौक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो ।
आमाको माया छात्राबासमा आयोजित एक कार्यक्रमका बिच ग्रीनल्याण्डकी प्राचार्य इन्दिरा पन्तले छात्राबासकी अध्यक्ष कृष्ण कुमारी गिरीलाई उक्त सामाग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै ग्रीनल्याण्डकी प्राचार्य पन्तले सामाजिक कार्यका लागि आफ्नो बिद्यालय सधैं तयार रहने बताईन् । यस्तै पन्तले आगामी दिनमा यस किसिम सहयोगलाई निरन्तरता दिईरहने पन्तले प्रतिबद्दता गरेकी छिन् ।
छात्राबासकी अध्यक्ष गिरीले यस किसिमको सहयोगले आफुहरुलाई ठुलो राहत मिल्ने बताईन् । यस्तै गिरीले आगामी दिनमा ग्रीनल्याण्ड सँगै अन्य संस्थाहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताईन् । छात्राबासलाई सहयोगी मनहरुको आवश्यकता रहेको भन्दै पन्तले ग्रील्याण्ड परिवारलाई धन्यवाद ब्यक्त गरिन् ।


यसै बिच ग्रिनल्याण्डकी प्राचार्य पन्तले छात्राबासलाई ब्यक्तिगत रुपमा नगद ३ हजार पाँच रुपैँया सहयोग गरेकी छिन् । कार्यक्रममा युवा रेडक्रस सर्कल ग्रीनल्याण्डकी प्रतिनिधि गरिमा भन्तनाको समाभतित्वमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया