पुजा शर्मा र आकास श्रेष्ठ रोमान्स गर्दै भेटिए (भिडियो)
वैशाख २७ – सिनेमाको पर्दामा निकै लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ ।रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन ।
‘तस्बिर’बोलको सार्वजनिक गीतमा सनुप पौडेल र निशा कंडेलको स्वर रहेकोभने बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको छ ।गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ ।
तपाइँको प्रतिक्रिया