अनुष्का बनिन् मिस नेपाल वर्ल्ड २०१९

काठमाडौं, बैशाख २७ – मिस नेपाल वर्ल्ड २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको फाइनल प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै अनुष्का मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी हुन् । अनुष्कालाई मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले ताज लगाईदिएकी थिईन् ।
फाइनलमा सोधिएको प्रश्नमा उत्कृष्ट जवाफ दिदै अनुष्का मिस नेपाल वर्ल्डको ताज पहिरिन सफल भएकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिईन् ।
अनुष्काले मिस नेपालको उपाधी जित्दा प्रदिप्ता अधिकारी ‘मिस नेपाल यूनिभर्स’ बन्न सफल भएकी छिन् । यस्तै रिया बस्नेत ‘मिस नेपाल अर्थ’ मिरा कक्षपति ‘मिस नेपाल इन्टरनेशनल’ तथा रोज लामा मिस नेपाल सुपर नेशनलको उपाधि जित्न सफल भएकी छिन् । ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति अन्तिम ७ मा पुगेका थिए ।


मिस नेपाल २०१९’ मा कसले कुन टाइटलका जिते, हेर्नुहोस् सुची :
१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
३. मिस ग्ल्यामरः रोज लामा
४. मिस फोटोजेनिकः रोज लामा
५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
६. मिस न्याचुरल स्किनः जेनी महर्जन
७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
८. मिस कन्फिडेन्टः निशा पाठक
९. मिस पपलुर च्वाइसः रिया बस्नेत
१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य
तपाइँको प्रतिक्रिया