बिक्री खुल्ला भएको २ मिनेटमा सकियो आइपिएल फाइनलको टिकेट

बैशाख २७ – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलको सबै टिकट दुई मिनेटमा बिक्री भएको छ । आइतबार राजिभ गान्धी इन्टर नेशलन क्रिकेट स्टेडियममा हुने भनिएको फाइनलको लागि टिकट ब्रिकी शुरु भएको दुई मिनेटमा सबै टिकट सकिएको हो ।
भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी गर्न आदेश दिएको दुई मिनेटमै सबै टिकट सकिएको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबै टिकट फ्रेन्चाईज टोलीले बुक गरेको हुन सक्ने शंका गरिएको छ । टिकटको मुल्य १ हजार देखी २५ हजार सम्म रहेको थियो। उता हैदरवाद क्रिकेट संघले दुई मिनेटमै कसरी आईपीएलको टिकट सकियो भनेर प्रश्न गरेको छ ।
आईपीएलको फाईनल पुग्ने अन्तिम टोलीको टुङगो शुक्रबार लाग्दैछ । मुम्बई इन्डियन्स पुगिसकेको छ भने दोस्रो क्वालिफायरबाट दिल्ली र चेन्नई सुपर किंग्ससँग मध्य एकले फाइनलमा स्थान बनाउने छ । फाइनल खेल हुने राजिभ गान्धी इन्टर नेशलन क्रिकेट स्टेडियम दर्शक क्षमता ५५ हजार रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया