अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि खेलकुद समिति गठन

चितवन, बैशाख २७ – धुर्मुस सुन्तली फाउण्डेशले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन भएको छ । तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक विष्टको संयोजकत्वमा जनस्तरबाट निर्माण हुने रङ्गशाला निर्माण अभियानकाका १३ सदस्यीय खेलकुद समिति गठन भएको हो ।
फाउन्डेसनले विभिन्न खेलकुदका व्यक्तित्वहरुलाई १३ सदस्यीय समिति गठन गरेको हो । दीपक विष्ट संयोजक रहेको समितीमा फुटबलबाट हरि खड्का, तेक्वान्दोकी संगीना वैद्य, भलिबलका भरत शाह, क्रिकेटका दास, पौडीकी गौरिका सिंह, करातेका दीपक श्रेष्ठ, क्रिकेटकी रुविना क्षेत्री, भलिबलकी सरस्वती चौधरी, बक्सिङका दीपक महर्जन, बडिबिल्डिङका महेश्वर महर्जन, फुटबलकी सावित्रा भण्डारी ‘साम्बा’, फुटबलकै अनिल गुरुङ र क्यानका पुवै सिओओ छुम्बी लामा रहेका छन् ।
समितिका सल्लाहकारमा धावक बैकुण्ठ मानन्धर, फुटबलका पूर्व खेलाडी राजुकाजी शाक्य, नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा रहेका छन् ।रंगशाला निर्माण अभियानको सद्भावनादुतमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सन्दीप लामिछाने रहेका छन् ।
खेलकुद समितिले रंगशाला निर्माणका लागि देश विदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु सञ्चालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया