हिरासतमा रहेका घिसिंङ्ग झुण्डिएपछि रत्ननगर तनावग्रस्त, स्थिति नियन्त्रण गर्न अश्रुग्यांँस र हवाइ फायर

रत्ननगर, बैशाख २६, बुधबार चोरीको आरोपमा पक्राउ परेका स्थानीय समिर घिसिंङ्ग कैदीबन्दीमा रहेको शौचालयमा झुण्डिएको पाइएपछि अहिले रत्तनगर क्षेत्र तनावग्रस्त भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कालिका नगरपालिका वडा नं। १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको ९कमिज संँगै झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताउनुभयो ।
घिसिङका आफन्तले भने उनको मृत्यु भईसकेको भन्दै ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । स्थिितिलाई नियन्त्रण लिन प्रहरीलाई हम्मे हम्मे परेपछि सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । रेग्मीका अनुसार अहिले तनाव केही साम्य भएपनि रत्ननगरका अन्य क्षेत्रहरुमा समेत स्थानीयहरुले ढुंगामुढा प्रहार गरेको बुझिएको छ ।
प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए । फोटो सौजन्य : न्युज भित्तो


तपाइँको प्रतिक्रिया