कोलगेटमा पाइयो क्यान्सर गराउने तत्व

बैशाख २६ – कोलगेट मञ्जनमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको छ । अनुसन्धानका क्रममा यस्तो रसायन भेटिएको हो । ‘त्रिक्लोसा’ नामक रसाएर स्वास्थ्यको लागि हानिकारक मानिन्छ । कोलगेटमा त्यही हानिकार रसायन नै भेटिएको छ ।
टक्सीकोलोजी जर्नलका अनुसार क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएपछि यसको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले अनुसन्धानको निष्कर्ष रहेको छ ।अनुसन्धानका अनुसार त्रिलोक्साले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ ।
स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपछि पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन । (एजेन्सी)
तपाइँको प्रतिक्रिया