श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।
कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ । (अनलाइनखबरबाट)
तपाइँको प्रतिक्रिया