अक्सफोर्ड एकेडिमियाको आयोजनामा उत्प्रेरणा कार्यशाला गरिने
बैशाख २५, चितवन। नारायणगढमा शाखा रहेको अक्सफोर्ड एकेडिमिया शैक्षिक परामर्श संस्थाको आयोजनामा उत्प्रेरणा कार्यशाला गरिने भएको छ । यही बैशाख २८ गते प्रेसिडेन्सी सेकुवा को सभाहलमा उत्प्रेरणा कार्यशाला दिइने पत्रकारसम्मलेन मार्फत आज आयोजकले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यकारी प्रमुख शिशिर रेग्मीले सामाजिक उत्तरदायित्व वहन अन्र्तगत उत्प्रेरणा कार्यशाला गरिन लागेको बताए । उत्प्रेरणा कार्यक्रम यसअघिपनि संस्थाले गर्दै आएको जानकारी दिदै उनले यसपटक विद्यार्थी र युवाबर्गलाई लक्षित गरी कार्यशाला गरिन लागेको बताए । कार्यशालामा अन्र्तक्रिया समेत गरिने भएकोले विद्यार्थीहरुमा रहेको समस्यालाई उत्प्रेरणाको माध्यमबाट समाधान गर्ने कोशिश रहने उनको भनाई छ ।
कार्यशालाको प्रमुख उत्प्रेरकको रुपमा भाइब्रेन्ट एजुकेशनल मोटिभेटर डिआर पराजुली म्याग्नेट रहनेछन । सो अवसरमा बोल्दै उत्प्रेरक पराजुलीले पछिल्लो समय युवापुस्तामा विकृति र नैराश्यता देखिएको भन्दै उनीहरुलाई उर्जा दिन र मार्गनिर्देशन दिन कार्यशाला गर्न लागिएको जानकारी दिए । नेपालका शिक्षा प्रणाली अन्र्तराष्ट्रिय मापदण्ड अन्र्तगत नरहेको भन्दै उनले यहांँको शिक्षालाई सुधार्न यस किसिमको कार्यशालाले सहयोग पुग्ने बताए । उनका अनुसार युवावर्गमा रहेको क्षमतालाई कसरी बाहिर ल्याउने र उनीहरुको कमजोरीलाई कसरी सुधार्ने भन्ने बिषयमा कार्यशाला केन्द्रीत रहने छ । ‘यस कार्यशाला गोष्ठीले विद्यार्थी, अभिाभावक र शैक्षिक परामर्श संस्था बीचको दुरी घटाउन समेत सहयोग पुग्नेछ,’ पराजुलीले भने ।
कार्यशालामा संसारका केही सफल व्यक्तिको जीवनीहरुको बारेमा जानकारी दिएर विद्यार्थीलाई थप उत्प्रेरति गरिने आयोजकको भनाई छ । कार्यशाला शनिबार बिहाल साढे १० बजेबाट अपरान्ह साढे दुई बजेसम्म चल्ने जानकारी दिइएको छ । कार्यशालामा करीब १सय ७५ युवा एवं विद्यार्थी रहने अपेक्षा गरिएको छ । कार्यक्रम सहभागिता हुन निशुल्क प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
तपाइँको प्रतिक्रिया