दीर्घ श्वासप्रश्वास अवरोध रोग : यस्ता छन् लक्ष्ण र बच्ने उपाय

बैशाख२४,काठमाडौं । दीर्घ श्वासप्रश्वास अवरोध रोग पछिल्लो समय विश्वमा नै प्रमुख समस्या रुपमा देखिएको पाइएको छ । फोक्सोमा रहेका हावाका नलीहरु स्थायीरुपमा क्षति भएर सास फेर्न कठिनाइ हुनु नै दीर्घ श्वासप्रश्वास अवरोध रोग रहेको वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बम बताउँछन् । “दीर्घ श्वासप्रश्वास अवरोध रोग देखिने प्रमुख कारण भनेको धुम्रपान हो,”उनले भने “यो समस्या कम आय स्रोत भएका देशमा बढी देखिएको छ ।”
वरिष्ठ छाति रोग विशेषज्ञ डा. अर्जुन कार्कीले दीर्घ श्वासप्रश्वास अवरोध रोगको जोखिममा दाउरा र गुईठा बालेर खाना पकाउनेहरु, परम्परागत चुलोको प्रयोग लामो समयसम्म धुलोमा काम गर्ने मानिसहरु यसको असर गर्ने बताए । उनले भने, “बढ्दो शहरीकरणका कारण धुलोधुँवा बढ्दा पनि ग्रामीण र सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु यसको जोखिममा रहेका छन् ।”
वरिष्ठ छाती रोग विशेषज्ञ डा. कविरराज योगीले प्रदुषित वातावरणले पनि दीर्घ श्वासप्रश्वासको अवरोग रोग बढिरहेको बताए । “कलकारखानामा काम गर्ने मानिस रसायनिक पदार्थको बढ्दा प्रयोगले यो रोग बढिरहेको छ,” उनले भने “यो रोग देखिएपछि निको नहुने हुँदा अन्य जटिलताहरु आउन नदिन औषधीको प्रयोगबाट रोकथाम गर्न सकिन्छ ।”
विश्व स्वस्थ्य संगठनले यो रोग कम आय भएका अविकसित देशहरुमा सबैभन्दा बढी देखिने गरेको जनाएको छ ।
लक्षण
१. घ्यारघ्यार हुने ।
२. सास फेर्न गाह्रो हुने ।
३. खोकी लाग्ने ।
४. छाती दुख्ने, धेरै थकाई लाग्ने ।
५. श्वासप्रश्वाससम्बन्धी संक्रमण पटकपटक हुने आदि हुन् ।
बच्ने उपाय
१. धुम्रपान नगर्ने
२. धुम्रपान गरिरहेको भए तुरुन्तै छोड्ने ।
३.धुवाँरहित चुलोको प्रयोग तथा घरभित्र वायुप्रदुण हुनबाट रोक्ने ।
४. घरबाहिर निस्कँदा मार्क्रसको प्रयोग गर्ने ।
५. यो रोग देखिएपछि पूर्ण निको नहुने भएकाले बिरामीले जटिलताहरुलाई रोकथाम गर्न नियमितरुपमा औषधी सेवन गर्ने ।
६. औषधी सेवन गरिरहँदा पनि ज्वरो आएमा, खकार पहेँलो भएमा चिकित्सकको सल्लाह बमोजित थप औषधी खानुपर्छ ।
तपाइँको प्रतिक्रिया