डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

बैशाख २४,काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२० को डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९:४५ बजे सार्वजनिक भएको हो ।
यस डीभी चिट्ठाको नतिजा यहाँ https://www.dvlottery.state.gov/ dvlottery.state.gov गएर हेर्न सकिन्छ । डीभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ ।
०७५ असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । डीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।
सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दूतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।
दूतावासले डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने नेपालस्थित अमेरिकी दूतावासले सूचित गरेको छ ।
देशभित्र र बाहिर रहेका नेपालीले हेरिरहेकाले ट्राफिक बढी भएकोले वेवसाइट खुलिरहेका छैनन् ।
तपाइँको प्रतिक्रिया