कांँग्रेसको जागरण अभियान प्रभावकारी र व्यवस्थित बनाइने

बैशाख२४,चितवन ः नेपाली काँग्रेस चितवनले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।
काँग्रेस चितवनले आजबाट सुरु हुने अभियानलाई प्रभबकारी वनाउनका लागि सबै तहहरुलाई निर्देशन जारी गरेको छ । जागरण अभियानलाई प्रभावकारी बनाउने र ग्रामीण क्षेत्रमा पार्टीको कार्यक्रमहरुलाई प्रभावकारी वनाउनका लागिएको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार जागरण कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहहरुमा अहिलेको सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, शहीद परिवार तथा अग्रज काँग्रेसहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भातृ एबं सुवेच्छुकहरु संग अन्तरक्रिया गर्ने, पाटीृका सबै प्रकार र तहका नेताहरु संग भेटघाट तथा अन्तरक्रिया गरिने छ ।
जिल्लामा हुने कुनै पनि कार्यक्रम र जिल्लामा आउने कुनै पनि नेतालाई फूलमाला र ब्याच नदिने, केन्द्रले तय गरेको निति अनुसार वक्ताहरु छोट्याउने लगाएतका कामहरु हुने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कार्यक्रममा खर्चको मितव्ययिता अपनाउनका लागि साधारणतया प्रभावकारी बनाउन लागिएको हो ।
कार्यक्रमहरु तोकिएको समयमा गर्ने र पार्टीको केन्द्रीय निर्देशन अनुसार केन्द्रीय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरी चितवन आई सक्नु भएको छ । हिमाल पहाड तराई मधेश जागरण अभियान अन्तर्गत प्रथम चराण्को कार्यक्रम काँग्रेसले देशै भरी गर्न लागेको हो । केन्द्रिय प्रतिनिधिलाई एक महिना जिल्लामा राखेर कार्यकर्ताहरुको भावनाको बारेमा जानकारी गराइने छ । अहिले देखिएको पार्टीभित्रको विचलन समाधान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ ।
आज दिउँसो १२ः३० वजे सुरु हुने कार्यक्रममाको तयारी पुरा भएको सचिब जोशीले जनाकारी दिनु भयो । उहाँका अनुसार सबै कार्यक्रर्ता तथा सुवेच्छुक संस्थाहरुलाई आ आफ्नो तहबाट सक्रिय रुपमा लाग्न आग्रह गरिएको छ । काँग्रेसले बैशाख ११ गते गर्न लागेको जागरण अभियान काँग्रेस नेता तथा पूर्ब मन्त्रीको निधनका कारण आजलाई सकेको थियो ।
तपाइँको प्रतिक्रिया