च्याम्पियन्स लिग : बार्सिलोना उच्च मनोबलका साथ मैदान उत्रदा लिभरपुल पूर्ण दबाबमा

बैशाख २४ – युईएफए च्याम्पियनस लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोना र क्लब लिभरपुल बिचको सेमिफाइनलको निर्णायक खेल आज राती हुँदैछ । बार्सिलोना र लिभरपुल बिचको सेमिफाइनलको दोस्रो लेग तथा निर्णायक खेल नेपाली समयअनुसार राती १२:४५ बजे हुनेछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने यो खेलले च्याम्पियन्स लिगको फाइनल पुग्ने टोलीको टुङगो लगाउनेछ ।
यसअघि बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा सम्पन्न पहिलो लेगमा लिभरपुल ३-० ले स्तब्ध भएको थियो । बार्सिलोना आज राती हुने खेलमा पनि त्यही नतिजा दोहोर्याउने दाउमा रहेको छ । उता पहिलो खेलमा ३-० ले पराजित भएको लिभरपुल आज पूर्ण दबाबमा रहनेछ । उसलाई बार्सिलोनाको चुनौती पन्छाउदै फाइनलमा स्थान बनाउन कम्तीमा ४ बार्सिलोनालाई रोक्दै ४ गोल गर्न पर्ने दबाब रहेको छ ।
बार्सिलोना भने पहिलो लेगमा फराकिलो जित हात पारेकोले आज बिना दबाब मैदान उत्रनेछ । बार्सिलोना आजको खेलमा २-० ले पराजित भए पनि उसलाई कुनै असर पर्ने छैन । बार्सिलोनाले लिभरपुलको मैदानमा आज कम्त्तीमा १ मात्रै गोल गरेको खण्डमा लिभरपुललाई खेल जित्न ५ गोल गर्न पर्ने हुन्छ । यसर्थ बार्सिलोना आज लिभरपुलको मैदानमा सुरुवाती गोल गरेर अवे गोलको फाईदा उठाउने दाउमा हुनेछ । तर खेल ३-३ को बराबरीमा सकिएको खण्डमा भने ३० मिनेट थप गरिनेछ । त्यसमा पनि बराबरी भएको खण्डमा नतिजा टाईब्रेकरबाट लिईनेछ ।
उस्मान डेम्बेले बाहेक बार्सिलोनाको सबै खेलाडी फिट रहेका छन् । डेम्बेलेले हालै मात्र चोट बोकेका छन् । उता दबाबमा रहेको लिभरलाई चोटले झनै समस्यामा पारेको छ ।उसका प्रमुख ३ जना खेलाडी यस खेलमा चोटका कारण हुनेछैनन् । मिडफिल्डर नावी केइटा गत साता बािर्सलोनाको घरमा पहिलो लेग खेल्नेक्रममा घाइते भएका थिए भने रोवर्ट फर्मिन्हो पहिल्यैबाट घाइते भएकाले उनी पूर्ण रूपमा फिट छैनन् । यता, स्टार फरवार्ड मोहमद सालाह ३ दिनअघि मात्रै प्रिमियर लिग खेल्नेक्रममा घाइते भएकाले उनले पनि यो खेल गुमाउनेछन् । एजेन्सी
तपाइँको प्रतिक्रिया