राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गरेको आरोपमा हेडमास्टर पक्राउ

सिन्धुपाल्चोक, वैशाख २४ – फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ ।
तपाइँको प्रतिक्रिया