मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजबाट शुरु।


ईस्लामिक क्यालेन्डर अनुसार यो १४४१ औं रमजान महिना हो। यो महिनामा कुनै पनि एउटा राम्रो काम गर्दा सत्तरी वटा राम्रो काम गरे बराबरको सवाब पाईने भएको हुदाँ बरकतको महिना समेत मानिने चलन रहेको छ। रमजान महिनामा मुसलमानहरुले पाँच महत्वपुर्ण कार्य रोजा, नमाज,जकात,फितरा र हज गर्नु पर्ने तथा तिर्नु पर्ने परम्परा समेत रहेको छ। ईस्लामको महान धार्मिक ग्रन्थ कुरान आकाशबाट आवतरित भएको महिना भएको हुदाँ यो महिना त्याग र समर्पणको साथै पवित्र महिना मानिन्छ। रमजान महिना समाप्त भई सौआलको महिना सुरु हुन्छ र यो महिनाको पहिलो दिन मुसलमानहरु ईदगाहमा गएर सामुहिक रुपमा ईदको नमाज पढि एक आपसमा अँगालो मारेर ईद मुबारक भन्दै बधाई साटासाट गरी भईचाराको संदेश दिने गर्छन। ईद पर्व ईस्लाम धर्मावलम्बिहरुको महान पर्व मानिन्छ। नेपालमा करिब १० लाख मुसलमानहरुले बसोबास गर्दै आएका छ।
तपाइँको प्रतिक्रिया