एनसेलको मुद्दा सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा

वैशाख २३, काठमाडौं , एनसेल प्रालिबाट तत्काल कर नउठाउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने भन्ने सम्बन्धमा सुनुवाइ गर्न सोमवारका लागि पेशी तोकिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो ।
यसअघि ठूला करदाता कार्यालयले गैरकानूनी रुपमा बढी लाभकरको रकम निर्धारण गरेको भन्दै एनसेलले वैशाख ९ गते सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेको थियो । उक्त रीट निवेदनमा वैशाख १२ गने न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि सोमवार दुबै पक्षलाई बोलाएको थियो ।
सोमवारको सुनुवाइपछि उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा निर्णय हुनेछ । सर्वोच्चले आदेशलाई निरन्तरता दिएमा ठूला करदाता कार्यालयको निर्णय कार्यान्वयन हुने छैन भने अल्पकालीन आदेश खारेज भए एनसेलले ठूला करदाता कार्यालयले भनेकै बमोजिक कर रकम तिर्न बाध्य हुनेछ । ठूला करदाता कार्यालयले एनसेललाई रू. ३९ अर्ब ६ करोड बुझाउन भनेको छ । अभियानबाट
तपाइँको प्रतिक्रिया