कोटेश्वरस्थित बीच सडकमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टी

काठमाडौं, बैशाख २३ – राजधानी काठमाडौंको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो ।
तपाइँको प्रतिक्रिया