बार्यनका मिडफिल्डर रिबेरीले सिजनको अन्त्य सँगै क्लब छोड्ने

बैशाख २३ – बायर्न म्युनिखका फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले क्लब छाड्ने भएका छन् ।रिबेरीले सम्झौता नवीकरण नगर्ने मनसाय बनाउदै क्लब छाड्ने घोषणा गरेका हुन् । ३६ वर्षीय रिवेरीको यो सिजनसँगै बायर्न छोड्नेछन् । उनको क्लब सँगको सम्झौता यो सिजनको अन्त्य सँगै सकिनेछ ।
१२ वर्ष बायर्नमा बिताएका रिबेरीले बार्यनबाट २१ उपाधि जित्न जितेका छन् । उनले बार्यनबाट ८ पटक बुन्डेस लिगा जितेका छन् । यस्तै उनले बार्यनबाट १ च्याम्पियन्स लिग र अन्य उपाधिहरु जितेका छन् । बायर्नले सन् २०१२-१३ को सिजनमा च्याम्पियन्स लिग जितेको थियो । उनले त्यसबेला लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछाडी पार्दै युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।
बार्यनबाट ४२२ खेल खेलेका रिबेरीले १२३ गोल गरेका छन् । रिवेरी सन् २००७ मा फ्रेन्च क्लब मार्सेलीबाट बायर्न पुगेका थिए ।३६ वर्षीय रिबेरीले क्लबको वेबसाइटमा बायर्न आएर आफुले ठुलो सफलता हात पारेको बताएका छन् । ‘गुडवाई भन्नु पक्कै सहज छैन । तर, भन्नैपर्ने हुन्छ । हामीले टिममा रहेर २० भन्दा बढी उपाधि जितेका छौं । मैले यहाँ पाएको सफलतालाई कहिल्यै बिर्सने छैन,’ रिबेरीले भनेका छन् ।
रिबेरीसँगै अर्काे लेजेन्ड आर्जेन रोवेनले पनि यसै सिजन बायर्न छाड्दैछन् । यी दुईको जोडीले बायर्नमा एक दशक तहल्का मच्चाएका थिए । बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमेनेजीले रिवेरी र रोवेन उत्कृष्ट खेलाडी रहेको बताएका छन् । ‘साँच्चै रिबेरी र रोवेन उत्कृष्ट खेलाडी हुन् । उनीहरुले पछिल्लो एक दशक बायर्नलाई अर्कै उचाईमा पुर्याएका थिए । हामी दुवै उत्कृष्ट खेलाडीलाई सुखद बिदाई गर्नेछौं,’ अध्यक्ष हेन्जले भने । एजेन्सी
तपाइँको प्रतिक्रिया