सलाहले बार्सिलोना बिरुद्दको खेल गुमाउने

बैशाख, २३ – इंग्लिश क्लब लिभरपुलका स्टार मोहम्मद सलाह बार्सिलोना बिरुद्द नखेल्ने भएका छन् । प्रिमियर लिगमा न्युक्यासल बिरुद्दको खेलको क्रममा चोट बोकेका सलाहले मंगलबार राती बार्सिलोना बिरुद्द हुने च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका हुन् ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सलाह बार्सिलोना बिरुद्द नखेल्ने अधिकारिक जानकारी दिएका छन् । ‘सलाहको अवस्थामा सुधार भईरहेको छ तर उनी बार्सिलोना बिरुद्द खेल्नेछैनन् – उनले भने ।’ ‘उनी खेल्न सक्छन् तर हामीले उनको स्वास्थ्यलाई मध्यानजर गरेर उनलाई नखेलाउने निर्णय गरेका छौ – उनले थपे ।’
सलाह नखेल्ने भए पछी लिभरपुल दबाबमा रहेको छ । क्लबका अर्का स्टार रोबेर्टो फिर्मिनो पनि चोटका कारण टिममा छैनन् । दोस्रो लेग मंगलबार राती लिभरपुलको घरेलु मैदानमा हुनेछ । यस अघी बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा लिभरपुल ३-० ले पराजित भएको थियो । एजेन्सी
तपाइँको प्रतिक्रिया