भरतपुर गोल्डकपको तयारी पुरा, प्रचण्डले उद्द्घाटन गर्ने

एटुजेड समाचार

चितवन, बैशाख २३ – पहिलो संस्करणको सिएमएस भरतपुर गोल्डकप २०७६ को तयारी पुरा भएको छ । बैशाख २४ गते मंगलबार (भोली) बाट शुरु हुने प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

प्रतियोगिताका खेलहरु हुने नारायणगढको क्याम्पा चौरलाई स्तरिय बनाईएको प्रतियोगिता संयोजक प्रकाश भुजेलले जनाकारी दिए । यस्तै खेल हेर्ने दर्शकहरुको सहजताको लागि २ हजार दर्शक क्षेमताको आस्थायी प्याराफिट बनाईएको उनले बताए । खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । पहिलो चरण देखी क्वाटरफाइनल सम्मको लागि १०० र २०० रुपैयाको टिकटको व्यवस्था गरिएको छ भने सेमिफाइनल र फाइनल खेलका लागि २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ ।

उद्द्घाटनको दिनका लागि भने प्रवेश निशुल्क गरिने आयोजक ए जे इन्टरनेशनलले जानकारी दिएको छ ।  प्रतियोगिता सम्पन्न गर्नका लागि ५० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक भुजेलले बताए प्रतियोगिताको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जेष्ठ ४ गते सम्म सन्चालन हुने प्रतियोगितामा चर्चित ए डिभिजन क्लब सहित कुल १२ टोलीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा थ्री स्टार, संकटा क्लब, बिभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरीको एपिएफ,जावलाखेल युथ क्लब, च्यासल युथ क्लब, चितवन ११, झापा ११, बिरगंज युथ एकेडेमी, बिजय युथ क्लब मकवानपुर र नुवाकोट ११ गरी १२ टोलीक्लो सहभागीता रहने छ । सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरिएको छ । दुबै समुहबाट ४-४ क्लबहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । उद्द्घाटन खेलमा बिजय क्लब मकवानपुर र जावलाखेल युथ क्लब भिड्ने खेल तालिका रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ६ लाख सहित गोल्डकप प्राप्त गर्नेछ भने उपबिजेता बन्ने टोलीले ३ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले ४० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै बिभिन्न ४ वटा बिधामा उत्कृष्ट हुने खेलाडीले जनही २० हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रत्येक दिनको म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने क्लबहरुले बढीमा ३ जना सम्म बिदेशी खेलाडी खेलाउन पाउने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजकमा पुरानो मेडिकल कलेज रहेको छ भने सहप्रायोजकमा एक्स्पर्ट एजुकेसन नारायणगढ रहेको छ ।

यसै बिच प्रतियोगितामा सहभागी हुने चितवनको टोली चितवन ११ ले आफ्नो जर्सी सार्वजनिक गरेको छ । क्याम्पाचौरमा आयोजित पत्रकार सम्मेलन मार्फत चितवन ११ का प्रशिक्षक धुर्व भुषालले क्लबको जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक गर्दै प्रशिक्षक भुषालले चितवन ११ ले प्रतियोगिताको उपाधी जित्ने लक्ष्य सहित राम्रो तयारी गरेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु