फोरम र नयाँ शक्तिबीच एकता , नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, वैशाख २३ – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ। (रासस)
तपाइँको प्रतिक्रिया