रियलको कठिन जित

बैशाख २३ – स्पेनिस ला लिगामा रियल मड्रिडले कठिन जित निकालेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न भिल्लरियल बिरुद्दको खेलमा रियलले कठिन जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियल ३-२ ले बिजयी भयो ।
खेलको दोस्रो मिनेटमा नै मारियानो डियाजले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए । तर ११ औं मिनेटमा पाहुना टोलीले बराबरी गर्यो । उसका लागि जेरार्ड मोरेनोले बराबरी गोल गरे । पहिलो हाफमा नै रियलले फेरी अग्रता बनायो । खेलको ४० औं मिनेटमा जेसस भालेजोले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । यो भालेजोको रियलका लागि पहिलो गोल हो ।
४९ औं मिनेटमा मारियानोले नै फेरी गोल गरेपछी खेल ३-१ म पुग्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जाउमी कोस्टाले गोल गरेपनि हार टार्न सकेन ।


जितसँगै तालिकाको तेस्रो स्थानमा रहेको रियलको ३६ खेलबाट ६८ अंक भएको छ । भिल्लारियाल समान खेलबाट ४० अंकका साथ १५औं स्थानमा रहेको छ । गए राती नै सम्पन्न अन्य खेलहरुमा गेटाफेले जिरोनलाई २-०, एइबरले रियल बेटिसलाई १-०,भल्लाडोलिडले एथ्लेटिको बिल्बाओलाई १-० तथा भ्यालेन्सियाले हुएस्कालाई ६-२ ले पराजित गरेको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया