स्वस्थ जीवनका लागि प्राकृतिक आहार

बैशाख २३, चितवन । मानिसको जीवनलाई सदैव स्वस्थ राख्न र फूर्तिलो बनाइराख्न प्राकृतिक आहारको प्रयोग गनुुपर्ने प्राकृतिक चिकित्सकहरुले बताएका छन ।
पछिल्लो समय मानिसहरु ऐल्लोप्थाथिक औषधि प्रयोग बढ्दै गइरहेको भन्दै यसलाई न्यूनिकरण गर्दै प्राकृतिक चिकित्सा पद्धतिमा जानुपर्ने सुझाव दिएका हुन । आज सत्यनाम नेचर क्यर हस्पिटलले भरतपुरमा आयोजना गरेको जीवनशैली र प्राकृतिक स्वास्थ्य कार्यक्रममा प्राकृतिक चिकित्सा पद्धतिको बारेमा उनीहरुले जानकारी दिएका हुन ।
कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सक रमेश खनालले रोगको कारण स्वयं मानिस भएकोले स्वस्थ खाना प्रयोग गर्न आफै सचेत रहनुपर्ने बताए । मानिसको शरीरमा बिषादी खाना र रसायनिक खानाको प्रयोगको कारण रोगहरुको संक्रमण पनि बढ्दै गइरहेको उनले बताए । ‘मानिसको शरीर आफैमा प्राकृतिक हो, यसलाई रसायनिक बस्तु प्रयोग गर्दा कस्तो असर पर्छ’ उनले प्रतिप्रश्न गरे । ऐल्लोप्याथिक औषधी मानव शरीरको लागि भविष्यमा घातक हुने भन्दै स्वस्थ जीवन जीउन प्राकृतिक औषधी एवं शारिरीक व्यायम अपरिहार्य हुने उनको भनाई थियो । सो अवसरमा बोल्दै अर्का चिकित्सक दिनेश राइले प्राकृतिक बस्तुहरु आफ्नै घरवरिपरी रहने भन्दे मानिसले त्यसलाई चिनेर प्रयोग गर्ने बताए । चिकित्सा क्षेत्रमा बढी ऐल्लोप्याथिक औषधी प्रयोग बढेको भन्दै मानिसलाई दीर्घराख्न र कुनैपनि साइडइफेक्ट हुन नदिन होमियोप्याथिक पद्धतिको प्रयोग गर्न जोड दिए । विकसित मुलुकमा यस पद्धति प्रयोगतर्फ मानिसमा आर्कषण बढेको भन्दै नेपालमा पनि यस पद्धतिको अनुसरण गर्नु आबश्यक रहेको बताए ।
कार्यैक्रममा बोल्दै स्वास्थ्य पत्रकार सन्दीप श्रेष्ठले नेपालमा भइरहेका उपचार पद्धति र औषधीको प्रयोग बारेमा चर्चा गर्दै मानिसको रोगको प्रकृति अनुसार औषधि प्रयोग गर्नुपर्ने बताए । जनचेतनाको अभावका कारण अझैपनि यसको प्रयोगबारे अधिकांश मानिस अन्यौलमा परेको भन्दै यसतर्फ सचेतनाको लागि संचार कर्मी र सरोकारवालाको उत्तिकै दायित्व रहने बताए ।
कार्यक्रममा कम्पनीका अध्यक्ष, रामकुमार राई , प्राकृतिक चिकित्सक सुनील सापकोटा , डाक्टर शारदा कुंँवर लगायत जिल्लाका विभिन्न संघ संस्थाहरुको प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी संगीता भट्टराइले गरेकी थिइन।
तपाइँको प्रतिक्रिया