मुम्बई क्वालिफायरमा पुग्दा दिल्लीले एलिमिनिटर खेल्न पर्ने

एटुजेड समाचार

बैशाख २३ – कोलकता नाइट राइडर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा मुम्बईले कोलकतालाई ९ विकेटले पराजित गर्‍यो ।

कोलकताले दिएको १३४ रनको सामान्य लक्ष्य मुम्बईले १६।१ ओभरमा मात्र १ विकेट गुमाउदै पुरा गर्‍यो । उसका लागि कप्तान रोहित शर्माले नट आउट ५५ रनको अर्धसतकिय पारी खेले । उनले ४८ बलमा ८ चौका प्रहार गरे । यस्तै सुर्यकुमार यादव ४६ रनमा अभिजित रहे । उनले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस अघी ओपनर क्विन्टन डी कक २३ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन बनाएर आउट भए । कोलकताका प्रसिध कृष्णले एक मात्र विकेट लिए ।

त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकताले खराब प्रदर्शन गर्दै १३३ रनको सामान्य योगफल खडा गरेको थियो । कोलकताले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको हो । राम्रो शुरुवात गरे पनि पहिलो विकेट पछी कोलकता सम्हालिन सकेन । उसका लागि क्रिस लिनले ४१ रन बनाए । २९ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।

रविन उथप्पा ४० रन बनाएर आउट भए । उनले ४७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । नितिश राना २६ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मुम्बईका मालिङ्गाले ३ तथा जस्प्रित बुम्राह र हार्दिक पाण्ड्याले समान २ विकेट लिए ।

यो जित पछी मुम्बई तालिकाको शिर्ष स्थानमा पुगेको छ । तालिकाको शिर्ष स्थानमा रहदै मुम्बईले क्वालिफायरमा स्थान बनाएको छ । क्वालिफायरमा मुम्बईले चेन्नाई सपुर किंग्सको सामना गर्नेछ । दिल्ली क्यापिटल्स भने बुधबार सनराइजर्स हैदराबाद सँग एलिमिनिटर खेल खेल्ने भएको छ ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु