हारका बाबजुत चेन्नाई प्ले अफ पुग्दा पन्जाब बाहिरियो

बैशाख २३ – चेन्नाई सपुर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा पराजित भए पनि चेन्नाईले क्वालिफायरमा स्थान बनाएको हो । चेन्नाई गए राती सम्पन्न खेलमा किंग्स इलाभेन पन्जाबसँग ६ विकेटले पराजित भयो ।
मोहालीमा चेन्नाईले दिएको १७१ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबका ओपनर के एल राहुलले ७१ रन बनाए । उनले ३६ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर क्रिस गेल २८ बलमा समान २८ रन बनाएर आउट भए ।
२२ बल खेलेका निकोलस पूरन ३६ तथा मंयक अग्रवाल ७ रन बनाएर पेभिलियन फर्किए । मन्दीप सिंह ११ तथा शाम करण ६ रनमा अभिजित रहे । चेन्नाईका हर्भजन सिंहले ३ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको थियो । चेन्नाईलाई सम्मानजनक स्कोर सम्म पुराउन फाप डु प्लेसिसले उत्कृष्ट पारी खेले । उनी सतक बनाउनबाट ४ रनले चुके ।प्लेसिसले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९६ रन बनाए ।
सुरेश रैना ५३ रनको अर्धसतकिय पारी खेलेर पेभिलियन फर्किए । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी १० रनमा अभिजित रहे । पन्जाबका शाम करणले ३ तथा मोहम्मद शामीले २ विकेट लिए ।हारका बाबजुत पनि चेन्नाईले प्लेस अफमा स्थान बनाउदा जित हात पारेको पन्जाब भने आइपिएलबाट बाहिरिएको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया