फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

वैशाख २२, खुलान, बंगलादेश । बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतवारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बंगलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् ।
बंगलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् । । छ व्यक्तिको रुस र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद व्यवस्थापन अधिकारी बेनाजिर अहमदले बताएका छन् ।
बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले १०औं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् ।
सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । रासस/सिन्ह्वा
तपाइँको प्रतिक्रिया