बछ्यौलीमा बालश्रम चुनौतीको बिषय बन्दै

रत्ननगर, बैशाख २२ – पुर्वी चितवनको बछ्यौलीमा अझै बालश्रम रोकिन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । वडा कार्यालयको आयोजना तथा वडास्तरीय बाल क्लवको संयोजन सम्पन्न बालश्रम विरुद्ध तथा बालअधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा १८ वर्ष मुनिका बालबालिकालाई श्रममा राख्न नपाईने उल्लेख भएपनि चितवनको बछौलीमा भने अझै बालश्रम अझै कायम रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका वडा नं ६ का वडा सचिव लीलानाथ अर्यालका बालबालिकाहरुलाई श्रममा राख्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै बछौलीका धेरै जसो होटलहरुले स-साना बालबालिकाहरुलाई काममा राख्ने गरेको बताएका छन् । उनले बाल श्रममा अपराध हो भन्ने थाहा हुँदा हुँदै पनि उनिहरुले अझै बालबालिकाहरुलाई काममा राख्ने गरेको बताएका छन् । अनुगमन गर्दा धेरै जसो होटलहरुमा बालबालिकाहरु श्रममा राख्ने गरेको पाईएको जानकारी दिएका छन् । यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि बालश्रम अझै नियन्त्रणमा आउन नसकेको भन्दै दु:ख ब्यक्त गरेका छन् ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का ४५ बालबालिकाहरुलाई बालश्रम तथा बाल अधिकारका सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बालश्रम, बालअधिकार, बाल संरक्षण, बाल सहभागिता, बाल बचाउ, बालश्रम विरुद्ध व्यवस्था गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधान, बालमैत्री सूचक र रत्ननगर नगरपालिकामा बालश्रमका लागि भएका कामका विषयमा वडास्तरीय बाल क्लवकी पुर्व सदस्य मोनिका विश्वकर्माले प्रशिक्षण दिएकी थिईन् ।
कार्यक्रममा समुन्द्र भण्डारी र मुस्कान काप्रीले लागुपर्दाथ विरुद्धको विषयमा वृत्तचित्र प्रस्तुत गरेका थिए । वडा सदस्य तथा वडा स्तरिय बालबालिका र महिला समन्वय समितिकी संयोजक केशरी सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वडा सदस्य किरण महतो, बछौली माध्यामिक विद्यालयका शिक्षक दिनेश चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया