चितवनमा फेरी एक बालिका आफ्नै बुवाबाट बलात्‍कृत

एटुजेड समाचार

चितवन, बैशाख २२ – चितवनमा आफ्नै बुवाबाट छोरी बलात्‍कृत भएको एउटा घटना सेलाउन नपौदै फेरी अर्की एक बालिका आफनै बुबाबाट बलात्कृत भएकी छन् । चितवनको कालिका नगरपालिका निवासी एक १४ वर्षिय बालिका आफ्नै बुवाबाट बलात्कृत भएकी हुन् । उनी विगत ४ वर्ष देखि आफनै बाबुद्वारा बलात्‍कृत भईरहेको खुलेको छ ।

बालिकाको आमा वैदेशिक रोजगारीमा गएको र त्यस पछि उनी लगातार आफ्नै बुवाबाट बलात्‍कृत भईरहेको रहस्य खुलेको हो । बालिकाले आफु बुवाबाट लगातार बलात्‍कृत भईरहेको बारे आफु अध्ययनरत विद्यालयकी शिक्षिकालाई बताएपछी यो रहस्य बाहिर आएको हो । आफ्नै छोरीलाई ४ बर्ष देखी बलात्कर गर्ने बुवा अहिले प्रहरी हिरासतमा रहेका छन् ।

घटनाको अहिले अनुसन्धान भईरहेको छ बालिका माइती नेपालको संरक्षणमा रहेकी छिन् । माईती नेपाल चितवनका संयोजक ईश्वर गिरीका अनुसार बालिकाले आफु आफ्नै बुवाबाट बलात्कारको शिकार भईरहेको बारे मामाघरमा हजुरआमा लगायतलाई बताउन पनि कसैले नसुनेको बालिकाको दुखेसो रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु