एन्फा अवार्ड : मोरङलाई उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड

काठमाडौं, बैशाख २२ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजनामा सम्पन्न एन्फा अवार्डमा उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड मोरङ जिल्ला फुटबल संघले प्राप्त गरेको छ । मोरङले साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।
यस्तै उत्कृष्ट क्लबको अवार्ड ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले हात पार्दा लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रशिक्षक भागीरथ आले ‘मामा’ सम्मानित भए । उनले मोटरसाइकल र नगद ३ लाख ५० हजार प्राप्त गरे ।
तपाइँको प्रतिक्रिया