एन्फा अवार्ड : खड्का उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पुरुष रेफ्री खत्री तथा महिलामा अस्मिता

काठमाडौं, बैशाख २२ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजनामा सम्पन्न एन्फा अवार्डमा उत्कृष्ट हरि खड्काले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरेका छन् ।महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक खड्काले अवार्डसँगै मोटरसाइकल र १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
खड्काको प्रशिक्षणमा नेपाल साफ महिला च्याम्पियनसिप र हिरो गोल्डकपको उपविजेता बनेको थियो । उनकै प्रशिक्षकत्वमा नेपालले ओलम्पिक छनोटको दोस्रो चरण सम्म पुगेको थियो ।उत्कृष्ट पुरुष रेफ्रीमा लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मनित भए । उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल संघ भयो ।
तपाइँको प्रतिक्रिया