३ लाख घुससहित नेपालगञ्ज उच्च अदालतका नायव सुब्बा पक्राउ

एटुजेड समाचार

 

वैशाख २२, नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा कार्यरत टाइपिष्ट नायव सुब्बा कुमार पाठकलाई रू. ३ लाख घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बाहनामा सेवाग्राहीसँग घुस मागेका थिए ।

शनिवार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए । नायव सुब्बा पाठकले रू. ३ लाख रुपैयाँ घुस माग गरेको अख्तियारले बताएको छ ।

‘घुस लेनदेन गरिरहेको अवस्थामा नेपालगञ्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो,’ अख्तियार प्रमुख गैरेले जानकारी दिए । अख्तियारले पछिल्ला दिन बाँकेका सरकारी कार्यालयमा निगरानी बढाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु