जनगणना तथ्यपरक र प्रविधिमैत्री बनाउन सुझाव

बैशाख २२, चितवन । २०७८ सालमा गरिने राष्ट्रिय जनगणना तथ्यपरक र प्रविधिमैत्री बनाउन स्थानीयहरुले सुझाव दिएका छन । केन्द्रीय तथ्यांक विभाग एवं तथ्याक कार्यालय, चितवनले आज भरतपुरमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८को तयारी सम्बन्धी बिषयक गोष्ठीमा उनीहरुले जनगणना तथ्यपरक भए विकासा निर्माण र योजना कार्यन्वयन गर्न सहज हुने बताएका हुन ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जनगणना यथार्थपरक , तथ्यपरक, हुनुपर्ने भन्दै यसले महानगरको भूगोल, जातजाती तथा अन्य सुचकको आधारमा ठोस योजना ल्याउन सहयोग पुग्ने बताउनु भयो । तथ्यांकविना कुनैपनि योजना तथा काम गर्न नसकिने भन्दै उहांँले जनगणनाको लागि महानगर समन्वय र सहकार्य गर्न सदैव तयार रहेको बताउनु भयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले हाल जनगणना एकिन नहुंँदा र पुरानै तथ्यांकको आधारमा बजेट विनियोजन तथा कार्यन्वयन गर्न अप्ठेरो परेको बताउनु भयो । विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक युवराजसिंह पराजुलीले जनगणनाका गणक र सुभरभाइजर अर्थशास्त्र र जनसंख्याका विद्यार्थीहरु राखिएमा बढी प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममा सुझाव दिदै सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, भरतपुर महानगरपालिकाका वडा नम्बर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले प्रश्नावलीहरुलाई परिवर्तित, गर्नुपर्ने, सुपरभिजन राम्रो हुनुपर्ने, कम्युटर सफ्टवयरको प्रयोग बढी गर्नुपर्ने भन्दै सुझाव दिएका थिए । कार्यक्रम विभागकका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विभागले दिएको जानकारी अनुसार २०६८ सालको जनगणनामा ३० हजार गणक खटाइएपनि अहिले विभिन्न सूचकहरु थपिएको , र सुक्ष्मरुपले गणना गर्न लागिएकोले गणकहरु थपिने भएको हो । अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ भएपनि यसबर्ष ५ अर्ब खर्च प्रक्षेपण र ५० हजार गणकहरु परिचालन गरिने भएको छ ।
कार्यक्रमममा बोल्दै विभागका उपमहानिर्देशक तथा कार्यक्रमका अध्यक्ष डिल्लीराज जोशीले जनगणनाले देशको नीति निर्माण तथा योजनामा सरकारलाई सहयोग पुग्ने भएकोले जनगणना अपरिहार्य भएको बताउनु भयो । अब हुने जनगणना तथ्यपरक, चुस्त दुरुस्त गर्न विभाग केन्द्रीत रहेको उहांँले बताउनु भयो । ‘प्रत्येक घरको रोजगारी, शिक्षा, व्यवसाय, घरको पूर्वाधार लगायत सबै सुचकको सुक्ष्म तरीकाले तथ्यांक लिने काम हुन्छ’ उहांँले भन्नुभयो । उनका अनुसार जसले गर्दा प्रत्येक सुचकको तथ्यांक तथ्यपरक हुने र यसले देशको कुलग्राहस्थ उत्पादन एवं विकास कार्यक्रममा समेत सहयोग पुग्नेछ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९० थियो भने २०७८ सालमा पनि सोही हाराहारीमा जनसंख्या रहने विभागको अनुमान छ ।
तपाइँको प्रतिक्रिया