‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मलाई आमाले दिएको चौबन्दि चोली’ गीतको भिडियो सार्वजनिक

एटुजेड समाचार

काठमाडौँ, बैशाख २२ – अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दि चोली’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गितमा गायिका स्मिता दाहालको स्वर रहको छ।गायिका  स्मिता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।

सार्वजनिक गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिब बराइलीले गरेका छन् ।फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियोको छायांकन गरिएको हो ।

भिडियोलाई अहिलेका चर्चित नुत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन्। म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू