भैंसीलाई बासको झ्याङ्गमा लगेर बालात्कार गर्ने ब्यक्ती पक्राउ

मोरङ, बैशाख २२ – मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाबिरुद्द भैंसी माथि करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनी माथि सोही ठाउँ बस्ने रानी टुढुको भैंसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो ।
हस्दाले बिहीबार दिउँसोे १२ बजेको समयमा छिमेकीको गोठमा बाधेको भैंसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बलत्कार गरेको मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर रामचन्द्र साहले जानकारी दिए । उनका अनुसार गोठमा बाँधेको भैंसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरिएको थियो । गोठमा बाधेको भैंसी हराएपछि धनीले खोजी गर्दा भैंसी बाँस झयांगमा फेला परेको थियो ।
नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाउकै युवा मंगल भएको खुलेको थियो । प्रहरीले पक्राउ गरेपछि हस्दाले बाँस झ्याङमा भैंसी लगेर दुवै खुट्टा बाँधेर बलत्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।


तपाइँको प्रतिक्रिया