एथ्लेटिको बिरुद्द एस्पान्योलको सानदार जित

एटुजेड समाचार

बैशाख २२ – स्पेनिस ला लिगामा एस्पान्योलले सानदार जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा एस्पान्योलले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई ३-० ले पाखा लगायो ।

प्रतिस्पर्धात्मक खेलमा एस्पान्योललाई जिताउन बोज्रा एग्लेसिएसले २ गोल गरे । १ गोल भने एस्पान्योलले उपहार पाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा डियगो गोडिनले आत्मा घाती गोल गरेपछी एस्पान्योलले शुरुवाती अग्रता बनायो ।

दोस्रो हाफमा उसले थप २ गोल गर्‍यो । खेलको ५२ औं मिनेटमा बोज्राले एस्पान्योलको अग्रता दोब्बर बनाए । यस्तै खेल सकिन १ मिनेट बाँकी रहदा बोज्राले पेनाल्टी मार्फत गोल गरेपछी एस्पान्योल ३-० ले बिजयी भयो । जित पछी एस्पान्योल तालिकाको नवौं स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ४७ अंक भएको छ ।

हार पछी पनि एथ्लेटिको तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । उसको समान खेलबाट ७४ अंक रहेको छ । गए राती नै सम्पन्न अन्य खेलहरुमा लेभान्टेले रायो भालेकानोलाई ४-१ तथा रियल सोसिडाडले आलाभेसलाई १-० ले पराजित गरेको छ ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु