बैशाख २२,नयाँ दिल्ली । भारत प्रशासित काश्मीरको अनन्तनाग जिल्लामा शनिबार राति संदिग्ध कट्टरपन्थीले भारतीय जनता पार्टी(भाजपा)का नेता गुल मोहम्मद मीरको गोली हानी हत्या गरेका छन् ।
यो घटना अनन्तनाग लोकसभा सिटमा आम चुनावको तेस्रो चरणको दुई दिन पहिला भएको हो । तेस्रो चरणमा मे ६को दिन मतदान हुँदैछ । रिपोर्ट अनुसार २०१९को आम चुनावको दौरानमा भारत प्रशासित काश्मीरमा यो पहिलो राजनीतिक हत्या हो ।



भाजपाले हत्याको निन्दा गर्दै सो घटनाको सीबीआईद्वारा जाँचको माग गरेको छ । उनको हत्याको जिम्मेवारी यो समाचार तयार पार्दा सम्म कसैले पनि नलिएको बीबीसीले जनाएको छ । बाह्रखरीबाट