बैशाख २२ – स्पेनिस ला लिगाको उपाधी जितिसकेको बार्सिलोनाको अपराजित यात्रा रोकिएको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा बार्सिलोना सेल्टा भिगो सँग २-० ले स्तब्ध भयो । सेल्टा बिरुद्दको खेलमा बार्सिलोनाले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएको थियो । खेलमा सबै जसो दोस्रो रोजाईका खेलाडीहरु रहेका थिए ।
सेल्टाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले राम्रो खेल प्रदर्शन गरेको थियो । पाहुना टोलीले खेल अवधीभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । सेल्टालाई क्सीमिलियानो गोमेज र इगो आसपासले गोल गरे।
जित पछी सेल्टा तालिकाको १४ औं स्थानमा उक्लिएको छ । सेल्टाको ३६ खेलबाट ४० अंक रहेको छ । उता ४ खेल अघी नै लिग च्याम्पियन बनिसकेको बार्सिलोना समान खेलबाट ८३ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ ।एजेन्सी