दिल्ली दोस्रो स्थानमा

एटुजेड समाचार

बैशाख २२ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदान फिरोज शाह कोटालामा राजस्थानले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १६।१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीको जितमा रिशब पन्तले नट आउट ५३ रनको अर्धसतकिय पारी खेले । उनले ३८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो । शिखर धवन १६ तथा कप्तान श्रेयस ऐर १५ रन बनाएर पेभिलियन फर्किए ।

राजस्थानका इश सोधीले ३ विकेट लिए । ३।१ ओभर बलिङ गरेका सोधीले १ मेडन राख्दै २६ रन खर्चिएर ३ विकेट लिए । यस्तै ४ ओभर बलिङ गरेका श्रेयस गोपालले २१ रन खर्चिदै २ विकेट हात पारे ।

त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११५ रनको सामान्य योगफल खडा गरेको थियो । खराब शुरुवात गरेको राजस्थानको इनिङ कसैले पनि उकास्न सकेनन् । उसको लागि रियान परागले ५० रन अर्धसतकिय पारी खेले । उनले ४९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यान खास्सै चल्न सकेनन् ।

लियाम लिभिङस्टोनले १४ तथा श्रेयस गोपालले १२ रन बनाए भने अन्य ब्याट्सम्यान दोहोरो अंक समेत भेटाउन सकेनन् । दिल्लीका इशान्त शर्मा र अमित मिश्रले समान ३ विकेट लिए । शर्माले ४ ओभरमा ३८ रन खर्चिएर ३ विकेट लिए भने समान ४ ओभर नै बलिङ गरेका मिश्रले १७ रन खर्चिदै ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिए ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू