‘बीर बिक्रम’ को अपग्रेडेड भर्जन ‘बीर बिक्रम २’

एटुजेड समाचार

 चितवन, बैशाख २१ – यही जेष्ठ ३ गतेबाट देशभर एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बीर बिक्रम २’ सुपरहिट चलचित्र ‘बीर बिक्रम’ को सिक्वेल नभई सिरिज भएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताएका छन् । चलचित्रको प्रचार प्रसारको लागि शनिबार चितवनको ‘प्रेसिडेन्ट सेकुवा’ मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चाम्सले ‘बीर बिक्रम’ कै नामबाटै ‘बीर बिक्रम २’ निर्माण भएको भएता पनि त्यसको सिक्वेल नभएको बताएका हुन् ।

‘बीर बिक्रम २’ चर्चित चलचित्र ‘बीर बिक्रम’ को सिक्वेल होइन बरु त्यसको सिरिज हो उनले भने, ‘बीर बिक्रम २’ मा ‘बीर बिक्रम’ भन्दा बिल्कुलै फरक कथा छ । उनले ‘बीर बिक्रम’ बाट निकै राम्रो प्रतिकृया पाएको र ‘बीर बिक्रम २’ बाट पनि त्यस्तै प्रतिकृयाको अपेक्षा रहेको बताएका छन् ।

चलचित्रका कलाकार नायक नाजिर हुसेनले ‘बीर बिक्रम’ पछी फेरी ‘बीर बिक्रम २’ मा पनि काम गर्न पाउदा निकै खुशी लागेको बताएका छन् । ‘बीर बिक्रम २’ ‘बीर बिक्रम’ को सिक्वेल नभई सिरिज हो, फेरी पनि यो चलचित्रमा काम गर्न पाउदा निकै खुशी लागेको छ – नाजिरले भने ।’ उनले ‘बीर बिक्रम’ जस्तै सिक्वेलबाट पनि राम्रो प्रतिकृया पाउनेमा आफु ढुक्क रहेको बताए ।

‘बीर बिक्रम’ मा मेरो भूमिकालाई जसरी मन पराईदिनु भयो निकै खुशी लागेको छ, आशा छ ‘बीर बिक्रम २’ मा निर्वाह गरेको बिक्रमको भूमिकालाई पनि त्यसै गरी माया गरिदिनुहुनेछ – उनले भने ।

चलचित्रकी अभिनेत्री बर्षा सिवाकोटीले चलचित्रका लागि कडा मेहेनत गरेको र त्यसको नतिजा पनि राम्रो आउने अपेक्षा रहेको बताएकि छिन् । बर्षाले यो चलचित्रमा केही फरक भूमिका निर्वाह गरेको र त्यसको अपेक्षा पनि राम्रो रहेको बताएकी छिन् । ‘बीर बिक्रम’ एउटा हिट फिल्म हो, त्यसको सिरिजमा ठुलो जिम्मेवारी पाएको छु आशा छ दर्शकहरुलाई मन पर्नेछ – बर्षाले भनिन् ।

चलचित्रका अर्का कलाकार बुद्दी तामाङले ‘बीर बिक्रम २’ मा आफुले फरक किसिमको भूमिका निर्वाह गर्ने अवसर मिलेको उनले बताए । पहिलो पटक नेगेटिभ भूमिकामा काम गरेको भन्दै उनले ‘बीर बिक्रम’ जस्तै सिक्वेलले पनि राम्रो प्रतिकृया पाउने विश्वास ब्यक्त गरेका छन् ।

चलचित्रका कलाकार पल शाहले ‘बीर बिक्रम २’ राम्रो फिल्म बनेको बताएका छन् । उनले ‘बीर बिक्रम २’ मा काम गर्नु चुनौतीपूर्ण रहे पनी काम गर्दा निकै रमाइलो भएको बताए ।

यस्तै चलचित्र युनिटले सोमबार भाईरल भिम बिकको निर्माणाधिन घरको अलकोकन गरेका गरेको। भाईरल बिकको निर्मार्णाधिन घरको अवलोकन गर्दै निर्माता निर्देशक चाम्सले घर निर्माणका लागी सहयोग गर्न तयार रहेको बताएका छन् । उनीहरुले भिम बिकको घर निर्माणको लागि सहयोगको अपिल समेत गरेका छन् ।

यसै बिच चलचित्रको प्रचार प्रसारको लागि शनिबार नै नारायणगढको नारायणी नदी किनारमा संगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नाजिर हुसेनको निकै राम्रो क्रेज देखिएको छ । नाजिरलाई भेट्दा युवतीहरुले गह भरी आँशु पारेका थिए ।

उक्त संगीतिक कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा चर्चित गायक दिपक लिम्बुले आफ्नो चर्चित गीत गाउदै दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू