उपेन्द्र र बाबुरामको पार्टी एकता हुने, सोमबार घोषणा हुँदै
काठमाडौं, बैशाख २१ – संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ ।डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष रहने गरी एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमती भएको छ । सहमति अनुसार भट्टराईले संघीय परिषद् र यादवले केन्द्रिय समितिको अध्यक्षता गर्नेछन् ।
पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य -नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ
नेताहरुका अनुसार संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार हुनेछ ।पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया