बसको ठक्करबाट एक जना गम्भीर घाईते

एटुजेड समाचार

 


सदिक्षा गैरे, कावासोती २१ बैशाख,नवलपुरको हर्कपुरमा गएराती बसको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् ।
गैडाकोट नगरपालीका वडा नम्बर ११ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ जादै गरेको ना ७ ख १५७४ न। को सिटी बस ले पैदल यात्री लाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट चितवन रत्ननगर न।पा। बस्ने विशाल परियार गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुर ले जानकारी दिएको छ ।
घाईते परियारको गम्भीर अबस्थामा चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैइरहेको छ । बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु