बैशाख२१,, काठमाडौ । बैदिक धर्म गुरुका रुपमा परिचित पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको नेतृत्व एवं संकल्पमा काठमाडौंको धापासीमा ऐतिहासिक धार्मिक स्थलको रुपमा देवघाट धाम निर्माण गरिएको छ । हरि–बिष्णु र हरि–शिबको विग्रह प्रतिष्ठापित् मन्दिरको रुपमा हरिहर मन्दिर र सोही मन्दिरको नामबाट हरिहर सन्यास आश्रमको पनि निर्माण कार्य हालै सम्पन्न भएको छ ।
हरिहर मन्दिर उद्घाटन, देवमुर्ति प्राणप्रतिष्ठा, विराटज्ञान महायज्ञ एवं टोखानगर धार्मिक महोत्सबका बारेमा जानकारी गराउने उद्धेश्यले बिहीवार आयोजित पत्रकार सम्मेलनमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले धार्मिक अनुष्ठानमा सहभागी हुन आग्रह गरेका थिए । हरिहर सन्यास आश्रम, श्रीपरमानन्द संस्कृत गुरुकुल बिद्यापीठम देवघाट धाम तथा नेपाल सन्त समाजका अध्यक्ष तथा पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नगरवासीको माग अनुसार आफूले टोखा नगरमा मन्दिर तथा सन्यास आश्रम निर्माण गरेको स्पष्ट पारे ।



सो अवसरमा धर्माबलम्बीहरुले श्रद्धाको रुपमा लिने हरिहर आश्रम राजधानीमा स्थापित् हुनुलाई उपत्यकाबासीले गौरवको अनुभूति गरेको समेत जानकारी दिइयो । सुन्दर र ऐतिहासिक हरिहर मन्दिर, हरिहर आश्रम, बैदिक कर्मानुष्ठान गर्ने हवनकुण्ड, वाचनालय र देवघाटको गुरुकुलम शाखाको रुपमा टोखा नगरपालिका ६ धापासीस्थित् ग्राण्डी अस्पताल अगाडि निर्माण सम्पन्न भएको हो । धार्मिक अनुष्ठानको उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेलले वैशााख २५ गते उद्घाटन गर्ने कार्यक्रम छ ।
हरिहर मन्दिर बिराट ज्ञानमहायज्ञ तथा टोखानगर धार्मिक महोत्सव पनि सोही दिन देखि जेठ एक गते सम्म संचालन हुने छ । नैन देबी भगवतीको परिसरमा निर्मित् हरिहर मन्दिर, हरिहर सन्यास आश्रमले टोखा नगरलाई मात्र होइन राजधानीवासीलाई अर्को धार्मिक श्रद्धाको स्थान बनाएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।
बुट्याान, झाडीले भरिएको स्थानलाई धार्मिक वनको रुपमा विकास गरी सो क्षेत्रको समग्र विकास तथा गुरुकुलम शिक्षा समेत दिने उद्धेष्य रहेको छ । मन्दिर तथा सन्यास आश्रम निर्माण पछि धार्मिक संस्कार, असल बानीव्यहोरा, असल संस्कार तथा गुरु र आफु भन्दा जेष्ठ नागरिक एवं मान्यजनप्रति आदर गर्ने संस्कारलाई विकास गर्न थप सहयोग पुग्ने बिश्वास लिएको बिराटज्ञान महायज्ञ टोखानगर धार्मिक महोत्सव मूल आयोजक प्रचार प्रसार समितिका संयोजक टंक पन्तले जानकारी दिए । अभियानबाट