जग्गाको क्षेत्रफल खुम्चिएसंँगै मकै उत्पादनमा असर

सूर्यप्रसाद अधिकारी, बैशाख २१, चितवन । देशभरीका खेतीयोग्य जमीन क्षेत्रफल खुम्चिदै गएपछि यसको असर मकै उत्पादनमा पनि परेको छ । बर्षेनी नयांँ जातका मकैका बीउको विकास भएपनि क्षेत्रफल कम हुदै जांँदा मकैको उत्पादनमा बृद्धि हुन नसकेको हो । साथै किसानलाई सिफारीश गरिएका उन्नत जातका बीउहरुलाई समुचित तरीकाले लगाउन नसक्दा पनि उत्पादनमा बृद्धि हुन नसकेको बैज्ञानिकहरु बताउंँछन । राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र,रामपुरका अनुसार बर्षेनी बहुराष्ट्रिय कम्पनीका बीउहरुको अनुसन्धान पश्चात उत्कृष्ट जातका मकैका बीउलाई दर्ता गर्दै गएपनि उत्पादन बढाउन सकिएको छैन । कार्यालय दिएको जानका।री अनुसार हालसम्म नेपालमा ५३ जातका मकैको बीउ सिफारीश गरेर किसानलाई बिक्री वितरण गरिएको छ ।
अनुसन्धान केन्द्रका संयोजक तथा वरिष्ठ बैज्ञानिक केशबबाबु कोइरालाले सरकारको तर्फबाट मकैको उत्पादन वृद्धि गर्न प्रयास भएपनि सबै ठाउंँमा लक्ष्य अनुसारको उत्पादनमा बृद्धि गर्न नसकिएको बताउनु भयो । ’बिशेषगरी तराई र भित्री मधेशमा मात्र मकैको उत्पादन हुन्छ, यसको क्षेत्रफल विस्तार नगरेसम्म उत्पादनमा बृद्धि गर्न सकिदैन’ उहांँले भन्नुभयो । उहांँका अनुसार प्रतिहेक्टर क्षेक्रलमा ७ देखि ९ टन उत्पादन हुने मकैका बीउको विकास भएपनि औसतमा २दशमलब ५ टन प्रतिहेक्टर भन्दा बढी उत्पादनमा बृद्धि हुन नसकेको हो । सरकारले मकैको बीउको लागि आवश्यक जनशक्ति,बजेट नछुट्याउंँदा पनि लक्ष्य अनुसार प्रगति गर्न नसकिएको ढकालले बताउनु भयो । मकैको माग खाद्यान्नमा भन्दा बढी दानामा प्रयोग हुदै गइरहेको कारण उत्पादनमा बृद्धि गर्दै लगिनु पर्ने उहांँको भनाई छ । ‘खाद्यान्नमा हामी १२ जिल्ला बाहेक आत्मनिर्भर छौं, तर देशभर खाद्यान्न र दानामा आत्मनिर्भर बन्न समय लाग्छ’ उहांँले भन्नु भयो। ।
केन्द्रका अर्का बैज्ञानिक चितबहादुर कुबर बर्षेनी खेतीयोग्य जमीन खण्डीकरण हुदै गएका कारणपनि उत्पादनमा बृद्धि हुन नसकेको बताउनुहुन्छ । ‘ मकैको उत्पादन क्षेत्र घट्दै गएको छ, जति उन्नत जातको बीउ विकास भएपनि कुल उत्पादनमा यसले असर पारिहाल्छ ।’ उहांँले भन्नुभयो । जसका कारण स्थानविशेषमा उत्पादनमा बृद्धि हुदै गएपनि औषत उत्पादन स्थिर रहेको उहांँले बताउनु भयो । अधिकांश किसानले समय, हावापानी माटो, मल सिंचाइ बारे ध्यान नदिई मकै लगाउने गरेका कारणपनि उत्पादनमा बृद्धि गर्न सकिएको छैन । हाल मकैबाली अनुसन्धान केन्द्रले यस बर्ष रामपुरमा ७ वटा बहुराष्ट्रिय कम्पनीका ३५ जातका बीउ र अन्य बीउ गरी ४८ जातका मकैका बीउको परीक्षण गरिरहेको छ । केन्द्रले पूर्वमा परवानीपुर, तरहरा र झापामा पनि नयांँ जातको बीउको परीक्षण कार्य गरिरहको जनाएको छ ।


कार्यालयले दिएको तथ्यांक अनुसार नेपालमा ९ लाख हेक्टर क्षेत्रफलमा मकै खेती हुदै आइरहेको भएपनि क्षेत्रफल भने खुम्चिदै गएको छ । नेपालमा प्रतिहेक्टर क्षेत्रफलमा औसत २ दशमलब ५ टन मकै खेती हुने गर्दछ । खाद्यान्नको लागि मात्रै नेपालमा करीब ३० लाख टन मकैको आवश्यकता पर्दछ । विसं २०६६ सालमा सरकारले परीक्षण नगरिएका बहुराष्ट्रिय कम्पनीका मकैका बीउ किसानलाई वितरण गर्दा घोगानै नलागेपछि अनुसन्धान र परीक्षणको जिम्मा राष्ट्रिय मकैबाली केन्द्रलाई दिदै आएको हो । विगत दशबर्षदेखि नयांँ जातको मकैको बीउको विकास र क्षेत्र विस्तारको लागि हरेक बर्ष केन्द्रले सिफारीश गरिएका बीउमात्र बजारमा वितरण गर्ने प्रावधान रहेको कार्यालयले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया