केटीको बिषयमा दुई समुह बिच झगडा हुँदा एक जनाको मृत्यु

ललितपुर, बैशाख २० – एक केटीको बिषयमा दुई समुह बिच झगडा हुँदा ललितपुरमा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा केटीको बिषयलाई लिएर दुई समूहबीच ग्याङफाइट हुँदा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दुई समुह बिच भएको झगडाको क्रममा छुरा प्रहार हुँदा ललितपुर ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो । पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया