विश्वकप फुटबलको अन्तिम छनोट खेल्नु अघी नेपालले मैत्रिपूर्ण खेल खेल्ने

एटुजेड समाचार

बैशाख २० – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र चाइनिज ताइपेइ बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ । फिफा वरीयता १ सय ६१ औं रहेको नेपाल र १ सय २५ औं स्थानमा रहेको ताइपेइ बिचको खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा हुनेछ ।

विश्वकप फुटबल २०२२ को छनोटको प्लेअफ चरण नखेली अन्तिम छनोट खेल्ने नेपालले त्यसैको तयारीको लागि ताइपेइ सँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । नेपालको छ भने चाइनिज ताइपेइ छ ।विश्वकप छनोट अघी हुने यो खेलले तयारीमा ठुलो मद्दत पुग्ने राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालीनले बताए ।

कालीनले राष्ट्रिय टोली सम्हालेयता नेपालले दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।जसमा नेपालले एक खेलमा बराबरी गरेको थियो भने एकमा हार व्यहोरेको थियो । उक्त दुबै खेल कुवेत बिरुद्द भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु